काठमाडौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले शिक्षकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेको छ । विगतमा आफूहरुको माग र मुद्दामा सरकारले गरेको सहमति कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने भन्दै शिक्षकहरु आज आठौं दिन पनि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । ‘आवश्यक संशोधनसहित विद्यालय शिक्षा ऐन तत्काल लागू गर्न हाल नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन प्रति नेपाल विद्यार्थी संघ पूर्णरुपमा समर्थन एवं ऐक्यबद्धता जनाउँछ,’– विज्ञप्तिमा भनिएको छ ।
सरकार र नेपाल शिक्षक महासङ्घबिच पटक–पटक भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा उदासीनता र बिलम्ब देखिएको भन्दै नेविसंघले असन्तुष्टि व्यक्त गरेको छ । शिक्षकहरू पुनः सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुःखद रहेको बताउँदै नेविसंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेविसंघले नेपालको संविधानले माध्यमिक तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेपनि संस्थागत विद्यालयले शुल्क लिन पाउने र सामुदायिक विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै समान्तर दुई फरक शिक्षा प्रणाली लागू भएको विरोधाभासपूर्ण परिस्थिति निर्माण भएकोमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । नेविसंघले नेपालको संविधानले माध्यमिक तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेपनि संस्थागत विद्यालयले शुल्क लिन पाउने र सामुदायिक विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै समान्तर दुई फरक शिक्षा प्रणाली लागू भएको विरोधाभासपूर्ण परिस्थिति निर्माण भएकोमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । माध्यमिक तहसम्मको शिक्षा युग सापेक्ष प्रविधिमैत्री, वैज्ञानिक, गुणस्तरीय र निःशुल्क हुनु पर्ने व्यवस्था कार्यान्वयन गर्न नेपाल सरकारले जाहेर गरेको प्रतिबद्धता अनुरूप विद्यालय शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्न पनि नेविसंघले आग्रह गरेको छ ।