काठमाडौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङले तीनकुनेको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका सविन महर्जन र पत्रकार सुरेश रजकको परिवारलाई भेटेर आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । आज ९मंगलबार० मिनबहादुरले रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । मृतक रजक र महर्जनको परिवारलाई गुरूङले आफू दुःखमा साथ दिन आएको बताएका थिए ।
साथै, गुरूङले महर्जनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत बताएका छन् । राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा महर्जनको गोली लागेर मृत्यु भएको थियो । पत्रकार रजकको भने जलेर मृत्यु भएको थियो । उक्त घटनाको न्यायिक छानविन हुनुपर्ने आवाज उठिरहेको छ ।
हुनत तिनकुने घटना घटेको दिन आन्दोलनमारीले भाटभटेनी सुपर मार्केटमा तोडफोड र समानलत्ता कपडा लगायतका सामाग्री बोबर हिडेका थिए । आफु पनि पिडामा रहेपनि मिन बहादुरले तिनकुने घटनाका मृतकका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । मिनबहादुरले यसअघि आन्दोलनकारीसँग एक्लै भिड्ने सुरक्षा गार्डलाई पनि सम्मान र पुरष्कृत गरीसकेका छन् ।