काठमाडौं । आम जनता पार्टी ९आजपा० ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने भएको छ । आज ( मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो । आजपाले यही चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा बृहत्त खबरदारी सभा गरेको थियो ।
आजपाका अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र लुटकारी राज्यको कारण मुलुक आक्रान्त बनेको र जनता चरम निराशामा रहेको भन्दै तेस्रो जनआन्दोलन घोषणा गरिसकेका छन् । उनले चोर नेताहरुको कारण मुलुकको गौरव गायब भएको र जनताको खुशी खोसिएको टिप्पणी गरेका छन् । आम जनताको शासन स्थापित गराउनको लागि आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको भन्दै अब यो आन्दोलनले दलाल र भ्रष्ट नेताहरुलाई बढार्ने निश्चित् रहेको पनि उनको दाबी छ ।
स्थायी कमिटी बैठकले चैत्र २४ गते सम्पन्न खबरदारी र्याली तथा तेस्रो जनआन्दोलन कार्यक्रममा भौतिक, आर्थिक र नैतिक रुपमा योगदान गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ । आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा दलतन्त्रको लुट एवम् भ्रष्टाचारविरुद्ध सिंहदरबार घेराउ गर्नेलगायतका महत्वपूर्ण निर्णय लिईएको पनि अध्यक्ष साहले जानकारी गराएका छन् ।