काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुन आह्वान गरेको छ । मंगलबार एक सुचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१र१२र२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक९कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ । साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिनेछ ।’
यसअघि पनि सरकारले दुई पटक वार्तामा आउनका लागि शिक्षकहरुलाई आह्वान गरेको थियो । तर बिक्षकहरुले प्रधानमन्त्री र सभामुखसँग मात्रै बर्ता गर्ने अडान राखेसँगै बार्ता बस्न नसकेको हो । त्यसै गरी प्रधानमन्त्री ओली बिमस्टेक बैठकमा गएर फकिर्ने बेला बिमानस्थलमा शिक्षकहरुका माग समबोधन गर्ने बताएका थिए ।
यसरी प्रमुख राजनीतिक दलहरुले पनि सरकारलाई संसदको बिशेष अधिबेशन बोलाएर भए पनि माग समबोधन गर्नु पर्ने बताउँदै आएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।