काठमाण्डौ. । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका प्रहरी प्रमुख दिपक थापा नेकपा ( एमाले ) को युवा सङ्घको सहअध्यक्ष रहेको दाबी गरेका छन्। मङ्गलबार काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर आरोप हुन्।
गत चैत १५ गतेको तीनकुने आन्दोलनको प्रसङ्ग कोट्याउँदै उनले भने, गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा सङ्घको सहअध्यक्ष पो रहेछ, ले हेर्नुस् त। ए हामीले भेटेका अश्रुयग्यासका खोस्टाहरू दुर्गा प्रसाईंले हानेका हुन्। त्यो प्रहरी प्रमुख हामीले हानेको अश्रुग्यास कसरी डेट(एक्पाइरी हुन सक्छ भन्छ लाजैबिना, उनले भने।
अध्यक्ष लिङ्देनले प्रहरी प्रहरी भएर बस्नुपर्ने बताए। ुप्रहरी राजनीतिक दलको भातृसङ्गठन बस्ने होइन, प्रहरी प्रहरी भएर बसोस्,ु उनले भने। उनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि उनले आग्रह गरेका छन् । ‘तपाईं ( दीपक थापा ) लाई फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन् । यो कुरा याद राख्नुस् । प्रहरी प्रहरी भएर बसोस्,’ लिङ्देनले भने ।