काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताहरूले आगो लगाएको आरोप लगाएका छन्।
आज ९मंगलबार० राप्रपाले बल्खुमा गरेको आमसभामा बोल्दै शाहीले यस्तो आरोप लगाएका हुन्। उनले भने, राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो( जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ। युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन् । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ ।
आज आयोजित राप्रपाको आमसभामा बोल्दै शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेका छन् । त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ । के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्याउन यो देशले ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो । त्यसको एक(एक हिसाब माओवादीले तिर्नुपर्छ ।’
यस्तै शाहीले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको बताउँदै तत्काल छाड्नु पर्ने बताए। उनले भने, ‘सरकारलाई अपिल गर्न चाहन्छु, झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस्।