काठमाण्डौ. । केही दिनदेखि निकै खराब स्थितिमा पुगेको काठमाडौंको वायु प्रदूषण आज पुनः बढेको छ । वायु प्रदूषण बढेसँगै काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको शहरका रूपमा रहेको छ ।
आज काठमाडौंको वायु प्रदूषण विश्वको सबैभन्दा धेरै अर्थात् २६२ एक्यूआई रहेको छ । जबकी दोस्रो स्थानमा रहेको भारतको दिल्लीको १८१ एक्यूआई रहेको छ । यसअघि सोमबार काठमाडौंको वायु प्रदूषण २३७ एक्यूआई रहेकोमा आज बढेर २६२ पुगेको हो । जसका कारण काठमाडौं विश्वकै प्रदूषित शहरको रूपमा रहेको छ ।
२०१ एक्यूआई भन्दा माथिको स्थितिलाई अति खराब मानिन्छ । वायु प्रदूषण उच्च हुँदा चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । उनीहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन् । उता वातावरणविद्हरूले भने प्रदूषण कम गर्ने उपाय अपनाउन सुझाव दिएका छन् ।