काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सम्बोधनका लागि बैठकमा अनिवार्य सहभागिताका लागि प्रदेश सांसदहरूलाई सूचना जारी गरिएको छ।
आज ११. ३० बजेको प्रदेश सभाको बैठकमा सम्बोधनपछि ओलीले सिरहा सदरमुकाममा सहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसपछि ओलीले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।