बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा काठमाण्डौवाट पक्राउ परेका लामिछानेलाईआज कारागार चलान गरीएको हो ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको हो । अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो । भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।