काठमाडौं । आज मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।
बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
आजको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेको बताइएको छ । चैत २४ गतेदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अहिले राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा छ । त्यसै गरी तिनकुने घटनाका बिषयमा समेत बैठकमा छलफल हुनेछ ।