रुपन्देही । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजनीतिक अस्थिरताको कारक कांग्रेस(कम्युनिष्ट भएको आरोप लगाएका छन् । उनले राजनीतिक अस्थिरताकै कारण मजबुत सरकार बन्न नसकेको बताए । पार्टी निकट समाजवादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै अध्यक्ष यादवले मजबुत सरकार बनाउँछौं भनेर कांग्रेस(कम्युनिष्ट मिले पनि यो सरकार असफल भएको दाबी गरे ।
उनले संविधान जारी भएपछि मुलुकमा ९ वर्षमा १३ वटा सरकार बनेर अस्थिरता बढेको बताए । अध्यक्ष यादवले नेपालको वर्तमान सरकार गठनअघि भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन दिने भने पनि नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र अहिले भइरहेको दाबी गरे ।
‘यसभन्दा पहिला यस्तो कहिल्यै थिएन्’, उनले भने, ‘कांग्रेस(कम्युनिष्टको शासनमा व्यवस्थाविरुद्ध धारणा बनिरहेको छ । कांग्रेस(कम्युनिष्टले लोकतन्त्रको रक्षा गर्ने तागत राख्दैनन् । जनताको आक्रोश बढिरहेको बताउँदै नेता यादवले संविधान संशोधन गर्न यो सरकार बनेको भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा गर्ने कुरा बेइमानीपूर्ण भएको बताए । ‘यो सरकारको आयु नै २०८७ सम्म छैन’, उनले भने ।
कृषिको आधुनिकीकरण र उद्योग(कलकारखाना स्थापना नभएसम्म मुलुकमा गरिबी र बेरोजगारी अन्त्य हुन नसक्ने उनको भनाइ छ । नेता यादवले विकासको सबैभन्दा ठूलो आधार शिक्षा भएको बताए । उनले निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि विद्यार्थी अग्रमोर्चामा रहेर आन्दोलनमा होमिएको बताए । विद्यार्थी सडकमा उत्रिँदा क्रान्ति र परिवर्तन भएको उनको भनाइ छ ।
उनले ३५ वर्षसम्म सरकार चलाएका कांग्रेस(कम्युनिष्टले शिक्षाको विकास गर्न नसकेको दाबी गरे । मुलुकमा सुशासन, अर्थतन्त्र सुधार, राम्रो शिक्षा र स्वास्थ्य आवश्यक रहेको र यो कांग्रेस(कम्युनिष्टबाट हुनै नसक्ने उनले जिकिर गरे । जसपा नेपालका महासचिव लालबाबु राउतले शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताए । उनले समयसापेक्ष शिक्षा आवश्यक रहेको बताए ।
कार्यक्रममा पार्टीका अर्का महासचिव रामकुमार शर्मा, उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य रेखा यादव, केन्द्रीय सदस्य विन्देश्वर यादव, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले आन्दोलनमा पार्टीले उठाएको मुद्दा स्थापित गर्न आन्दोलनमा जान तयार रहेको बताए । समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका सह–संयोजक सञ्जय राईले अधिवेशन आइतबारसम्म सञ्चालन हुने बताए ।