काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिनेछ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।
सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै, अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु, लामिछानेले लेखेका छन् । आफूमाथि अन्याय भएको पनि लामिछानेले लेखेका छन् । ममाथि ठूलो अन्याय भएको छ, लामिछानेले भनेका छन् । उनले पार्टीको शनिबार आयोजना हुन लागेको चितवनको कार्यक्रम नरोक्न पनि आग्रह गरेका छन् ।
लामिछानेलाई पक्राउ गर्नका लागि शुक्रबार साँझ प्रहरी घरमै पुगेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरी पुगेको हो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो ।