बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक ) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।
यसअघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए । ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक ) को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।आज त्यसैका लागि दुवै प्रधानमन्त्रीले एक अर्कालाई समय दिनुभएको हो ।’
भेट सकेपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बैंककमा आफ्ना मित्र भारतीय प्रधानमन्त्री मोदीसँग सौहार्द संवाद भएको उल्लेख गरेका छन् । ओलीले लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो । दुईपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ । यो आपसी विश्वासका लागि मेरो धन्यवाद ।’
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् । दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ । यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।