काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै सरकार हिंसात्मक गतिविधि हेरेर नबस्ने बताए ।
समितिमा गृहमन्त्रीले दिएको जवाफ
राजावादीका अगुवाले भिडलाई उत्तेजित बनाएर निषेधित क्षेत्र तोड्ने संसद भवन नै तोडफोड गर्नका लागि उक्साए घरमाथि मानिस छ भनेर जानकारी हुदाँहुदैँ घरमा आगो लगाइयो । यो एकदमै उक्साहट गरेर भिडलाई अनियन्त्रित गरेर असहज वातावरण बनाउने योजना थियो । आगजानी नियन्त्रण लिन हर प्रयास भयो । तर, प्रहरीले सकेन । दमकल पनि बोलाइएको थियो, आगो निभाउने क्रममा प्रदर्शनकारीबाट रोक्ने छेक्ने कार्य भएका कारण दमकलमा क्षति र सुरक्षाकर्मी घाइते भएकाले आगो नियन्त्रण गर्न सकिएन । समयमै भवनमा प्रहरी छिर्न नसकेका कारण सुरेश रजकको जीवितै उद्धार गर्न सकिएन । सबै पार्टी कार्यालयलाई लक्षित गरेर आक्रमण गरियो । तर, समयमै सुरक्षाकर्मी पुगेका कारण गर्न सकेन । माधव नेपालको घरसम्म पनि पुगेर ढुंगा हान्ने काम भएको छ । भाटभटेनीमा तोडफोड तथा लुटपाट गरियो । जडिबुटी प्रशोधन केन्द्रमा आगलागी गरियो, त्यो ठाउँमा समिति गएर हेर्दा हुन्छ । पार्किङमा रहेका सरकारी गाडीमा पनि क्षति पुर्याइयो । गोली चलाउदाँ सविन महर्जन घाइते, शिक्षण अस्पतालमा निधन भएको घोषणा भयो । प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरीतर्फ २४ जना र सर्वसाधारणतर्फ ५४ जना घाइते, ५८ भवनमा तोडफोड तथा आगाजानी, १३९ जना वटा सवारी साधनमा क्षति पुर्याइएको छ ।
धवलशमसेशर राणासहितलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानको क्रम जारी छ, संलग्न रहेकाको खोजी कार्य जारी रहेको छ । संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु । नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौं ?
यो राजनीतिक आदर्श र चेतनामा उभिएर गरिएको काम होइन, हिंसात्मक गतिविधिबाट उल्ट्याउने एउटामात्रै उद्देश्य छ । यसमा हामी सबै सचेत हुन जरुरी छ । यो लोकतन्त्र र संविधान सित्तैमा आएको होइन, कैयौँ पुस्ताको लगानी छ । बल प्रयोग गरेर भन्ने छन्, संययता अपनायो भन्ने पनि छ । जे गरे पनि प्रश्न उठ्छ नै । यी विषयलाई गम्भीर रूपमा लिऊँ । यसरी गरिएको हिंसात्मक गतिविधिलाई लुकाउनका लागि विभिन्न खालका प्रचार गरिएका छन् । कहाँबाट टियर ग्यास फालिएको भनिएको छ, पहिले नै बल प्रयोग गरिएको छ भनिएको छ । लोकतन्त्र मास्नेको पहिलो निशानामा सञ्चार जगत रहन्छ । राजनीतिक दलका पार्टी कार्यालयमा आक्रमण भएको छ । नेताको घरमा आक्रमण भएको छ । यसले लोकतन्त्र समाप्त गर्ने षड्न्त्र पुष्टि भएको छ । सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । संविधानको रक्षा नै सरकारको पहिलो दायित्व हो । लोकतान्त्रिक अधिकारको उपयोग गर्नमा कुनै बाधा अपरोध पुर्याउँदैनौं । तर, हिंसात्मक गतिविधि, यो व्यवस्थालाई उल्ट्याउने गतिविधिलाई सधै सरकारले निस्तेज गर्नेछ ।
ण्राजावादीका अगुवाले भिडलाई उत्तेजित बनाएर निषेधित क्षेत्र तोड्ने संसद भवन नै तोडफोड गर्नका लागि उक्साए घरमाथि मानिस छ भनेर जानकारी हुदाँहुदैँ घरमा आगो लगाइयो । यो एकदमै उक्साहट गरेर भिडलाई अनियन्त्रित गरेर असहज वातावरण बनाउने योजना थियो । आगजानी नियन्त्रण लिन हर प्रयास भयो । तर, प्रहरीले सकेन । दमकल पनि बोलाइएको थियो, आगो निभाउने क्रममा प्रदर्शनकारीबाट रोक्ने छेक्ने कार्य भएका कारण दमकलमा क्षति र सुरक्षाकर्मी घाइते भएकाले आगो नियन्त्रण गर्न सकिएन । समयमै भवनमा प्रहरी छिर्न नसकेका कारण सुरेश रजकको जीवितै उद्धार गर्न सकिएन । सबै पार्टी कार्यालयलाई लक्षित गरेर आक्रमण गरियो । तर, समयमै सुरक्षाकर्मी पुगेका कारण गर्न सकेन । माधव नेपालको घरसम्म पनि पुगेर ढुंगा हान्ने काम भएको छ । भाटभटेनीमा तोडफोड तथा लुटपाट गरियो । जडिबुटी प्रशोधन केन्द्रमा आगलागी गरियो, त्यो ठाउँमा समिति गएर हेर्दा हुन्छ । पार्किङमा रहेका सरकारी गाडीमा पनि क्षति पुर्याइयो । गोली चलाउदाँ सविन महर्जन घाइते, शिक्षण अस्पतालमा निधन भएको घोषणा भयो । प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरीतर्फ २४ जना र सर्वसाधारणतर्फ ५४ जना घाइते, ५८ भवनमा तोडफोड तथा आगाजानी, १३९ जना वटा सवारी साधनमा क्षति पुर्याइएको छ ।

ण्