काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिको कार्यालय शितलनिवासले आज ( बुधबार ) गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेको हो । उनी म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।