काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।
मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार गएका हुन् ।
बैठकले आन्दोलन सँगसँगै सरकारसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रीले दिउँसो नै शिक्षकहरुसँग बैठक बोलाएका थिए । तर, महासंघको बैठक लम्बिएपछि वार्ताको समय पर धकेलिएको थियो ।