काठमाडौं । विभिन्न पेशागत माग राखी आन्दोलनरत आवासीय चिकित्सक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीचको छलफल निष्कर्षविहीन बनेको छ । आज ९मंगलबार० आवासीय चिकित्सकहरु मन्त्री पन्तसँग छलफलमा बसेका थिए । तर, वार्ता निष्कर्षविहीन बनेको हो । आन्दोलनरत आवासीय चिकित्सकहरुले छलफलबाट बाहिरिने क्रममा सरकार मेडिकल माफिया र विचौलीयाको प्रभावमा रहेको टिप्पणी गरे ।
आवासीय चिकित्सकहरुले आन्दोलन जारी राख्ने बताएका छन् । केही दिनअघि चिकित्सा शिक्षा सेवा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । आवासीय चिकित्सकहरुले उक्त निर्णय सकारात्मक भएपनि ‘आठौं’ तह उल्लेख नगरिएको भन्दै आपत्ति जनाइरहेका छन् । पेशागत माग र मुद्दा लिएर आवासीय चिकित्सकहरु पनि लामो समयदेखि आन्दोलनमा छन् ।