काठमाडौं — नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले संसदमा राखेका आफ्ना भनाइहरू मिडियाले तोडमोड गरी अश्लीलजस्तो बनाएर समाचार प्रकाशन गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले सोमबारको बैठकमा उठाएका विषयहरूलाई गलत ढंगले प्रस्तुत गरिएको आरोप लगाए।
“हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनी आज केही मिडियाले त्यसलाई अश्लील शब्दको रूपमा सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” सांसद आलेले भने, “मिडियाले जुनसुकै समाचार सम्प्रेषण गर्दा पनि राम्रोसँग सुनेर मात्र समाचार लेख्नुपर्छ भन्ने मेरो आग्रह छ।”
उनले मिडिया समक्ष जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरेका छन्।