काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । अहिले बिहान ११ बजे बोलाइएको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन ( ब्यावस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेस गर्नेछ्न् । उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रबिधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालय विधेयक, २०८० माथि छलफल गरियोस र सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।