काठमाण्डौं । भारतको जम्बू करमौरको राज्यअन्तर्गत पर्ने पहलगाममा पाकिस्तानी आतंककारीहरुले हिन्दु धर्मावलम्बीहरु पहिचान गरी नेपाली युवा विद्यार्थी सुदिप न्यौपाने लगायत २६ जनाको हत्या गरे। भारतीय हिन्दू नागरिकहरुको अमानवीय जघन्य हत्या गरेकोमा नेपाल नागरिक अभियानले आज काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ।
जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले २४ घण्टाको अल्टिमेटम दिएको छ । सोही समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ । पहलगाम आतंकी हमलामा पाकिस्तानको हात रहेको भारतीय आरोप सही रहेको भन्दै सो समूहले ब्यानर र प्लेकार्डसहित मुख्य सडकमा केहीबेर प्रदर्शन गरेको हो ।
उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । स्वतन्त्र युवा समूहको प्रदर्शन चलिरहँदा उनीहरुले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए । पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए ।