काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका मागहरू संविधान, कानुन र राष्ट्रिय बजेटको दायराभित्र रहेर सम्बोधन गरिने स्पष्ट पारेका छन्।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले सरकारले संवाद र सहमतिको माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्ने अडान दोहोर्याए।
उनले शिक्षकहरूलाई वार्तामा सहभागी हुन आग्रह गर्दै, सरकार वार्ताका लागि सधैं तयार रहेको बताए। शिक्षामन्त्रीका अनुसार, वार्ताका लागि सरकारले पहिले नै पहल गरिसकेको छ र आफू पनि त्यसका लागि प्रतिबद्ध छन्।
मन्त्री पन्तले वार्ता प्रक्रियामा लचकता देखाउँदै सबै पक्ष सकारात्मक रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।