काठमाडौं — संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत अधिवेशनको सुरुआत गरिएको हो।
विधेयक अधिवेशनका रूपमा समेत चिनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।