काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्।
बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताए।६ दिने बैकक भ्रमणवाट फर्किएका देउवाले अहिले सत्ता समीकरणमा फेरबदल हुने कुनै सम्भावना नभएको बताएका छन् ।
उपचारका लागि गत बैशाख ७ गते सपरिवार बैकक गएका देउवा आज स्वदेश फर्किएका हुन् । देउवा नेपालमा नहुदाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा आए लगत्तै कुराकानी गरेर सरकार फेर्ने चेतावनी दिईरहेका थिए ।