काठमाडौं । प्रमुख प्रतिपषी दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ।
सरकारले वैशाख १२ गते अधिवेशन आह्वान गरेको छ । बैठकमा भोलिदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ।
साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सभामुख देवराज घिमिरेले शनिवार र बिदाको दिनबाहेक हरेक दिन बैठक बोलाउने तयारी पनि गरेका छन् ।