काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्नेबारे सरकारलाई जानकारी नै नरहेको बताएका छन् । आज ९बुधबार० मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यालयमा उनले राजीनामा बुझाएको सरकारको जानकारीमा नरहेको बताएका हुन् ।
‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन । प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याविनेटको मिटिङमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म हामीलाई उहाँले राजीनामा दिएको जानकारी छैन,’– उनले भने ।
शिक्षामन्त्री भट्टराईले भने गत सोमबार राजीनामा बुझाएकी हुन् । आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गरेको भन्दै उनले राजीनामा दिएको बताइएको छ । प्रधानमन्त्री ओलीको तीब्र आलोचना भएसँग सरकारले उनको राजीनामा पनि गुपचुप राख्ने प्रयास गरिरहेको छ ।