काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ । ६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएका हुन् । राप्रपाको पूर्व निर्धारीत कार्यक्रम अनुसार नै देशभरका प्रशासन कार्यालयमा धर्ना कार्यक्रम राखिएको हो ।
जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन कार्यालय अगाडि धर्ना बसेका हुन् । धर्नाका क्रममा राप्रपाका कार्यकर्ताहरूले ड्यूटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले केही दिनअघि राप्रपाका नेताहरुसँगको छलफलमा प्रहरीलाई गालीगलौच र ढु(गामुढा होईन फुल दिएर स्वागत गर्नु भनेका थिए । आन्दोलनकारीले आईतवारको आन्दोलनमा पनि बानेश्वरमा सुरक्षाकर्मीलाई फुल दिएका थिए । त्यसैको सिको गर्दै आज पनि उनिहरुले प्रहरीलाई फुल दिएका छन् ।