काठमाडौँ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्भन लागेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । यसैबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक(पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।
यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।