रुपन्देही । सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका( २ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शब सशस्त्र प्रहरी वलको गोताखोरले मंगलबार बिहान निकालेको छ ।
सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनिहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल न. ४२ रिजर्भ गण बांके बाट गोताखोर परिचालन गरिएको थियो । सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहित बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको कमान्डमा खटिएको संयुक्त टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थान बाट २ बालकको शब फेला पारेको हो ।
सोमबार पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए । बेपत्ता मध्ये १४ बर्षका राज यादबको शब भने सोमबार सांझ फेला परेको थियो ।