कालीकोट । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता–२ लार्फा गाउँ नजिक दुर्घटनामा परेको हो। दुर्घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी चालकसहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले बताए। दुर्घटनामा मुगु खत्याड–५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता–५ का २६ वर्षीय अम्बा शाही, पलाँता–४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिकको मृत्यु भएको छ।
राति नै कहरदेव अस्थाइ प्रहरी पोष्टबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा टोली घटनास्थल गएको डीएसपी रावतले जानकारी दिए। उनका अनुसार मेटिएको अवस्थामा भएकाले ट्र्याक्टरको नम्बर खुलेको छैन । ब्लु बुक पनि भेटिएको छैन। ट्र्याक्टरको इन्जिन सडकबाट २ सय मिटर तल खसेको छ भने ट्रली ६०० मिटर तल खोचमा खसेको छ।