काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। स्रोतका अनुसार उनले दुई साताअघि नै राजीनामा दिएको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् । आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी सुमना पार्टी सञ्चालन प्रक्रियाप्रति असहमत रहँदै आएकी थिइन् ।
पार्टीभित्रको आन्तरिक समिकरण र असन्तुष्टिपछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ। पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।सुमनाले यसअघि नै राजीनामा दिएको भएपनि आज दिउँसो बस्ने केन्द्रीय समिति बैठक त्यसबारे छलफल हुने बताइएको छ ।