काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीको खारेज गरेका छन् । सत्ताधारी उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकारमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए ।
‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं ।’ गभर्नरबारे सिफारिसबारे समितिले प्रक्रिया अघि बढेर छिट्टै टुंग्याउने उनले जानकारी दिए । शिक्षकको आन्दोलनबारे लेखकले आउने अधिवेशनबाट शिक्षा विधेयक टुंग्याइने दाबी गरे । कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा सार्वजनिक रुपमा मतभेद देखिन थालेपछि लामो समयको अन्तरालमा प्रधानमन्त्री ओलीले दुई दलीय संयन्त्रको बैठक बोलाएका हुन् ।
‘यो अधिवेशन त्यो विधेयक पारित गर्ने गरी बोलाइएको हो । शिक्षकरूले त्यहीअनुसार लिनुपर्छ’, उनले भने, ‘मन्त्रिपरिषद् बैठकले नै शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गरेको छ । थप संवाद पनि गरिरहेका छौं ।’