काठमाण्डौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक १४ बर्षिया नाबालिकासँगको सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा अहिराजविरुद्ध उजुरी परेको थियो । उक्त उजुरीमाथि अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अहिराजविरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ । उहाँविरुद्ध उजुरी परेकाले हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।