काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले केन्द्रीय समिति बैठक बोलाएको छ। बिहीबार ( भोलि ) दिउँसो ३ बजे केन्द्रीय मुख्यालय वनस्थली चस्मतिमा बस्नेगरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन्।
बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। प्रवक्ता मनीष झाका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङलगायतका विषयमा पनि छलफल हुनेछ।
सभापति रवि लामिछाने जेल चलान भएपछि पार्टीको आगामी रणनीति बैठकले तय गर्नेछ।