काठमाण्डौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बुधबार प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस ३ हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।