काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान जारी छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी अभियान हाल नवलपरासीमा केन्द्रित छ ।
अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको छ । सो क्रममा प्रचण्डले गैँडाकोटको संगम लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् ।
पूर्व उपराष्ट्रपति तथा माओवादी उपाध्यक्ष नन्दकिशोर पुन पासाङ पनि यो अभियानमा सहभागी छन् । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहनुहुने छन् ।