काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । शुक्रबार भएको संघको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका प्रत्याशी नरेश गेलाललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् ।
यस्तै प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देव कुमार खोखाली, तृतीय उपाध्यक्षमा वैकुण्ठ प्रसाद पौडेल र महासचिवमा महेश कुमार बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृत भवानी प्रसाद निरौलाले जानकारी दिए ।
यसैगरी सचिवमा कुन्छा दोर्जे डिमडुङ, कोषाध्यक्षमा धनयामा सिंजाली, सदस्यहरूमा रेखा शर्मा, भरत सापकोटा, कृष्ण ढकाल, रामकाजी तामाङ, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवी प्रसाद गिरी, सुमन राज पाण्डे र विद्या लक्ष्मी बज्राचार्य निर्वाचित भएको निरौलाले जानकारी दिए । संघको नयाँ नेतृत्वका लागि गुरूङ र गेलाल छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए।