काठमाडौं । राष्ट्रिय सभाबाट पाँच वटै अध्यादेशको प्रतिस्थापन विधेयक पारित भएको छ । आज ( सोमबार ) बसेको राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित भएको हो ।
आज पारित नभएको भए अध्यादेशहरू निष्क्रिय हुने थिए । हिजो नै सत्तापक्षले अध्यादेश पारित गर्न लागेको थियो । तर निरन्तरको संसद अवरोधका कारण अप्ठेरोमा परेको सरकारले आज संसदका दुबै सदनमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि मात्रै यि बिधेयक पारीत भएका हुन् ।
सरकारले अध्यादेश मार्फत ल्याएका विधेयकहरु निष्क्रिय हुने अवस्थामा पुगेका थिए । कुलमान घिसिङ्गलाई हटाएको बिरोधमा निरन्तर संसदका दुबै सदन अवरोध भएसँगै के हुन्छ भन्ने अन्यौलता सत्तापक्षकाबिच छाईरहेको थियो ।