काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता नेकपा एकीकृत समाजवादी बनेपछि पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।
ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए । ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । ओलीले त्यसक्रममा यही शुक्रबार राजावादीले तोडफोड र आगजनी गरेर पुर्याएको क्षतिको विवरणबारे पनि जानकारी लिएका छन् ।
नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । २०७८ सालमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेर लेखक तथा वाम आन्दोलनका अगुवा नेता कोइरालाको पार्थिक शरीरमा ओलीले श्रद्धान्जली दिए । कोइराला एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् । ओलीले श्रद्धाञ्जली अर्पण गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै थिए ।
राजावादीहरुको प्रदर्शनका क्रममा गत शुक्रबार आगजनी भएको एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्था अनुगमन गर्न सोमबार आलोकनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रावल पनि देखिएका हुन् । एमाले अध्यक्ष ओलीका कट्टर आलोचक भएकै कारण पार्टीबाट निष्कासित भएका उनी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा ९माओवादी केन्द्र०का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै एउटै लाइनमा बसेका थिए ।