काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले दुई युवाको ज्यान जानेगरी भएको तीनकुने घटनामा न्यायिक छानबिनको माग गरेको छ ।प्रतिनिधि सभामा सोमबारको बैठकमा सम्बोधन गर्दैै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हिँडिरहेका सबिन महर्जनलाई गोाली हानिएको र रिपोर्टिङ गरिरहेका एभीन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै जलाइएको घटनामा छानविन हुनु पर्ने बताए ।
उक्त घटनाबारे सरकार, विश्वसमुदाय, मानवअधिकारकर्मीको ध्यानाकर्षण गराउँदै अध्यक्ष लिङदेनले न्यायिक छानबिन आयोग गठन गरेर दोषीहरुलाई कानुनी कठघरामा ल्याउन आग्रह गरे । चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले उनीहरुहरुलाई शहिद घोषणा गर्न माग गरे । अध्यक्ष लिङदेनको प्रश्न छ, तीनकुने घटनामा आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो रु त्यो नियन्त्रण गर्ने जिम्मा सरकारको हैन रु तपाईंहरु यो सत्तामा मादल बजाउँदै र भजनकिर्तन गाउँदैमात्र आइपुगेको हो ? तपाईंहरु तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ?
छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास र माथिबाट गोली हानियो त्यसको जबाफ चाहिन्छ।’ चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको मागसहित तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनपछि तीनकुने(कोटेश्वर(जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो। यस घटनामा छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने माग लिङ्देनले राखेका हुन्। तीनकुनेको प्रदर्शनलाई राप्रपाले पनि समर्थन गरेको थियो।
‘न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारबाही होस्,’ लिङ्देनले भने। यस घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। साथै अध्यक्ष लिङ्देनले जनताले चाहे राजसंस्था आउन सक्ने पनि बताए।