काठमाडौं । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाएको बिरुद्ध सडक संघर्ष चलाईरहेको ४ दलीय समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो ।
नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ, राजावादीको हिंसात्मक आन्दोलन, संसद बैठक लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी छन् ।
यसअघि प्रतिपक्षमा रहेका माओवादीलगायतका दलहरुले कुलमानको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग्दै संसद अवरोध गरेका थिए । आज पनि दुवै सदनको बैठक बस्दैछ । आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यतालिका सार्वननिक भईसकेको छ । संसदमा कसरी प्रस्तुत हुने लगायतका बिषयमा छलफल केन्द्रित रहेको एक नेताले बताए ।