काठमाण्डौ. । आज इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ सोमबार हर्षोल्लासका साथ मनाउँदैछन् । यो पर्व इस्लामिक पात्रो अनुसार नवौँ महिना रमजानभर गरिएको उपवास ( रोजा ) को समापनमा मनाइन्छ ।
रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा बिहानैदेखि विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा हुन्छन् । नमाजपछि आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ ।
यो अवसरमा दान ९जकातुल फितर० दिनु अनिवार्य मानिन्छ, जसले गरीब तथा आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई मद्दत गर्न सकिन्छ । इदमा विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाइ, खजुर, सेवइयाँ तथा विभिन्न परिकारहरू समावेश गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीहरूबीच भोज तथा भेटघाटको विशेष महत्व रहन्छ । सरकारले ईद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।