काठमाडौं । शुक्रवार आन्दोलनका क्रममा पक्राउ गरीएका कार्यकर्ता र नेताको रिहाई नभएपछि राप्रपा थप आन्दोलित बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो ।
यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ । राप्रपाले देशैभर मसाल जुलुस निकालेको प्रवक्रा मोहन श्रेष्ठले बताए ।