काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
अदालतले म्याद थप गरेसँगै अब उनीहरू मंगलबारसम्म हिरासतमा रहनेछन् । गत शुक्रबार र शनिबार पक्राउ परेका ४१ जनाविरुद्ध फरक(फरक मुद्दामा अनुसन्धान गर्ने गरी प्रहरीले आइतबार अदालतमा म्याद थपका लागि पेश गरिएको थियो ।
१५ गते पक्राउ परेकाहरूको हकमा ५ दिन र १६ गते पक्राउ परेकाहरूको हकमा ४ दिनको म्याद थप भएको श्रेष्ठले बताए । राज्यविरुद्धको कसुरअन्तर्गत राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउन माग गर्दै प्रहरीले राणा र मिश्रलाई अदालतमा उपस्थित गराएको हो ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको भन्दै राणा र मिश्रलाई शुक्रबार राति पक्राउ गरिएको थियो । शुक्रबारको आन्दोलन भड्काउने मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन् ।