काठमाण्डौं । नेपाल बिधुत प्राधिकरणका बर्तमान र निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङ्गको मुद्धाको पेशी सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङले दायर गरेको मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ ।
न्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिनेरनदिने भन्नेबारे आदेश दिनेछ । यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए ।
न्यायाधीश मुसलमानको इजलासले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको मिसिल पनि पेस गर्न आदेश दिएको थियो । यो मुद्दालाई अग्राधिकारमा राख्न पनि भनिएको थियो ।
आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने, कुलमानलाई जिम्मेवारी दिन नहुने माग राखी नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले हितेन्द्रको मुद्दालाई पनि छलफलका लागि राखेका थिए । हितेन्द्रदेव शाक्यको मुद्दा पनि कुलमानको सँगै न्यायाधीश राउत र सुवेदीको इजलासमा छ । ।