काठमाडौँ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्यका लागि पहल जारी राखेका छन् ।
विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना दिएका छन् । तर, विपक्षी दलहरू प्रधानमन्त्रीको जवाफ नसुनेसम्म सदन नखोल्ने अडानमा छन । आइतबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको थियो ।
तर, सदन सहज ढंगले चल्ने नभएपछि वातावरण सहज बनाउन सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीले भोलि चैत १८ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने बताइएको छ ।