काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजा फर्काउने भन्दै हिजो भएको आन्दोलनका क्रममा गरिएको तोडफोड तथा आगजानीबाट क्षति पुर्याएका संरचनाको स्थलगत निरीक्षण गरेका छन् ।
उनको साथमा चारवटै सुरक्षा निकायका अधिकारी पनि थिए ।
राजावादीको निसानामा परेको तीनकुने(कोटेश्वर क्षेत्रको क्षतिग्रस्त निजी घर, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयलगायतका स्थान पुगेर लेखकले त्यहाँको क्षति विवरणबारे जानकारी लिए ।
पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको महत्वपूर्ण अंग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेको भन्दै सरकारले गम्भीरतापूर्वक लिएको बताए ।शुक्रबार राजवादीको आन्दोलनको क्रममा कोटेश्वर, तीनकुने तथा आसपासको क्षेत्रमा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो । एभिन्युजका एक क्यामरा पर्सनसहित २ जनाको मृत्यु भएको छ ।