काठमाडौँ । काठमाडौंको तिनकुने, कोटेश्वर, शंखमूल, बानेश्वर लगायतको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म जारी कर्फ्यु आदेश स्थगित गरिएको छ ।
शुक्रबार राजावादीको प्रदर्शनकाक्रममा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
७ बजेसम्म जारी कर्फ्यु थप गरी आज बिहानसम्म पुर्याइएको थियो । अहिले ७ बजेबाट कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको हो ।