काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको छ । राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ ।
उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट जुलुस निस्किएका छन् ।
चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी अघि बढेका छन् । उनीहरू गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तिनकुने पुग्ने कार्यक्रम छ ।