काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला भएकाहरुको र्याली सुरु भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् ।
उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् । ११ बजेसम्म एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै उनीहरु र्यालीमा मिसिएको देखिन्छ ।
गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा गर्दै छन् ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।
बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु देखिन्छन् ।
उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।