काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ। त्यसका लागि पूर्व निर्धारीत क्षेत्रहरुमा मोर्चाका कार्यकर्ताहरु भेला भईरहेका छन् ।
सोही क्रममा नेकपा माओवादी केन्द्रले काठमाण्डौको स्रोह्खुटट्ेवाट शुरु गर्ने र्यालीमा सहभागी हुनेहरु भेला भईरहेका छन् ।
वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा आयोजना गरिएको जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिनेछ ।
जसअनुसार सोह्रखुट्टे चोक, बबरमहल ( पुलको छेउ ) , कुपण्डोल ( हनुमानथान) , त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैतीदेवी चोकबाट जुलुस निकाल्ने गरी तयारी गरिएको मोर्चाले जनाएको छ ।
सबै जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजेदेखि जनसभा सुरु हुनेछ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा र नेकपा रहेका छन् ।